Bhairahawa Online Logo
News

बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदच्युत

Share:
Bhairahawa Online
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदच्युत

काठमाडौँ — बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले उनको कार्यकाल अन्त्य गर्ने निर्णय गरेको सरकारी स्रोतले जनाएको छ।

ओझाको योग्यताबारे उठेका प्रश्नका कारण सरकारले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। उक्त समितिले आइतबार सरकारलाई प्रतिवेदन बुझाएको थियो।

गत फागुन १२ गते नियुक्त भएका ओझा केही महिनामै पदबाट हटाइएका हुन्।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News