Bhairahawa Online Logo
News

नेपाल आयल निगमले पेट्रोल महँग्यायो, डिजेल–मट्टीतेल सस्तो

Share:
Bhairahawa Online
नेपाल आयल निगमले पेट्रोल महँग्यायो, डिजेल–मट्टीतेल सस्तो
pic : Getty Images

काठमाडौं — नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गर्दै पेट्रोल महँग्याएको छ भने डिजेल र मट्टीतेल सस्तो बनाएको छ।

निगमका अनुसार पेट्रोल प्रतिलिटर दुई रुपैयाँले बढाइएको छ। नयाँ दरअनुसार तेस्रो वर्गमा पेट्रोल प्रतिलिटर १६१ रुपैयाँ पर्नेछ।

त्यस्तै, डिजेल र मट्टीतेल प्रतिलिटर एक–एक रुपैयाँले सस्तो हुँदै १४९ रुपैयाँ कायम गरिएको छ। निगमले लागू हुने नयाँ मूल्य शुक्रबार राति १२ बजेदेखि प्रभावकारी हुने जनाएको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News