Bhairahawa Online Logo
News

डिजेललाई पानी सम्झेर पिएपछि वृद्धको मृत्यु

Share:
Bhairahawa Online
डिजेललाई पानी सम्झेर पिएपछि वृद्धको मृत्यु

उदयपुर — डिजेल सेवनका कारण एक ९३ वर्षीय वृद्धको ज्यान गएको छ। उदयपुरको चौदण्डीगढी नगरपालिका–६ सुगारेका अन्त नारायण श्रेष्ठले सोमबार साँझ घरमै गल्तीले बोतलमा राखिएको डिजेल पिएपछि उपचारको क्रममा बुधबार उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका एसपी हरिहरनाथ योगीका अनुसार श्रेष्ठले बेलुकी ७ बजे डिजेल सेवन गरेपछि बेहोस भएका थिए। उनलाई तत्काल नगर अस्पताल चौदण्डीगढीमा प्रारम्भिक उपचार गरी विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको थियो। दुई दिनदेखि सघन उपचार कक्ष (ICU) मा रहेका श्रेष्ठलाई बुधबार साँझ साढे ६ बजे मृत घोषणा गरिएको हो।

प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ। वृद्धले डिजेललाई पानी वा अन्य पेय पदार्थ सम्झिएर पिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News