Bhairahawa Online Logo
News

रुपन्देहीमा १५ हजार घुससहित सशस्त्र प्रहरी जवान समातिए

Share:
Bhairahawa Online
रुपन्देहीमा १५ हजार घुससहित सशस्त्र प्रहरी जवान समातिए

भैरहवा — रुपन्देहीमा कार्यरत एक सशस्त्र प्रहरी जवान घुससहित पक्राउ परेका छन्। बुटवलस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कोटहीमाई गाउँपालिका–५, मझगावामा तैनाथ जवान याम बहादुर खत्रीलाई सोमबार नियन्त्रणमा लिएको हो।

अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार खत्रीले भारतबाट भन्सार छली अवैध रूपमा कपडा र किराना सामान ल्याउन सहयोग गर्ने सर्तमा सेवाग्राहीसँग १५ हजार रुपैयाँ मागेका थिए। रकम बुझ्ने क्रममा उनी पक्राउ परेका हुन्।

हाल उनलाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News