Bhairahawa Online Logo
News

विपिनको शीघ्र रिहाइ सरकारको प्राथमिकता, परिवारसँग पूर्ण साथमा छ : प्रधानमन्त्री ओली

Share:
Bhairahawa Online
विपिनको शीघ्र रिहाइ सरकारको प्राथमिकता, परिवारसँग पूर्ण साथमा छ : प्रधानमन्त्री ओली

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलमा हमास समूहद्वारा बन्धक बनाइएका नेपाली नागरिक विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न सरकार हरसम्भव पहलमा जुटिरहेको बताएका छन्।

उनका अनुसार परराष्ट्र मन्त्रालय खाडी क्षेत्रका दूतावासमार्फत निरन्तर संवाद गरिरहेको छ भने विपिनको सुरक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेको छ।

प्रधानमन्त्री ओलीले विपिनको परिवारलाई आश्वासन दिँदै भने, “विपिनको रिहाइ सुनिश्चित गर्नु हाम्रो जिम्मेवारी हो, सरकार पूर्ण रूपमा प्रतिबद्ध छ।”

उनले जानकारी दिँदै टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल–सिसीसँग समेत फोन वार्ता गरी विपिनको रिहाइमा सहयोगको आग्रह गरिएको बताए।

यसैबीच विपिनकी आमा पद्मा र बहिनी पुष्पाले इजरायलका राष्ट्रपति इसाक हर्जोग र संसद अध्यक्ष अमिर ओहानासँग भेट गरी विपिनको शीघ्र रिहाइका लागि आग्रह गरिसकेको प्रधानमन्त्री ओलीले जानकारी दिए।

ओलीले इजरायलमा विपिनको सुरक्षाका लागि सहयोग गरिरहेका नेपाली समुदाय, स्थानीय नागरिक, पत्रकार, सुरक्षाकर्मी तथा सामाजिक अभियन्ताप्रति धन्यवादसमेत व्यक्त गरेका छन्।

प्रधानमन्त्रीको भनाइअनुसार सरकार कूटनीतिक तहमा सबै सम्भावित कदम चाल्दै विपिनको सुरक्षित फर्काइका लागि प्रतिबद्ध रहेको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News