Bhairahawa Online Logo
News

तुर्कमेनिस्तान भ्रमणपछि प्रधानमन्त्री ओलीको स्वदेश फिर्ती

Share:
Bhairahawa Online
तुर्कमेनिस्तान भ्रमणपछि प्रधानमन्त्री ओलीको स्वदेश फिर्ती

काठमाडौं – भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (LLDC)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे लगायत उच्च पदाधिकारीहरूले उनलाई स्वागत गरेका थिए।

स्वागत समारोहमा नेपाल सरकारका मुख्य सचिव, प्रधानसेनापति, सुरक्षा निकायका प्रमुख तथा उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो। साथै, प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाले सम्मान गारद अर्पण गरेको थियो।

ओली तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको निमन्त्रणामा सम्मेलनमा सहभागी भएका थिए। साउन २० देखि २३ गतेसम्म ‘अवाजा’ सहरमा भएको उक्त सम्मेलनमा उनले कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा सम्बोधन गरेका थिए।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News