Bhairahawa Online Logo
News

पत्रिकामा बेरेर खानेकुरा सेवन गर्दा क्यान्सरको जोखिम बढ्ने चेतावनी

Share:
Bhairahawa Online
पत्रिकामा बेरेर खानेकुरा सेवन गर्दा क्यान्सरको जोखिम बढ्ने चेतावनी
pic : Flickr

काठमाडौँ — स्वास्थ्य विशेषज्ञहरूले पत्रिकामा पोको पारेको खानेकुरा सेवन नगर्न आग्रह गरेका छन्। उनीहरूको भनाइ अनुसार, पत्रिका छाप्न प्रयोग हुने मसीमा सिसा, क्याडमियम, खनिज तेल र सुगन्धित हाइड्रोकार्बनजस्ता हानिकारक तत्वहरू हुन्छन्, जसले कोष, डीएनए र रगतलाई क्षति पुर्याउन सक्छ।

विशेषगरी तातो तेलमा तारेका परिकार पत्रिकामा बेर्दा रसायनसँग मिसिन पुग्छन्, जसले क्यान्सरको खतरा धेरै बढाउँछ। भारतको खाद्य नियामक एफएसएसएआईले पनि यस्तो खाना सेवन नगर्न चेतावनी दिएको छ।

क्यान्सर बाहेक, मिर्गौला र कलेजोमा क्षति, फोक्सोको सङ्क्रमण, दम र हृदयाघातजस्ता समस्या पनि हुन सक्ने विज्ञहरूको निष्कर्ष छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News