Bhairahawa Online Logo
News

बैतडीको डिलासैनीमा करेन्ट लाग्दा १३ वर्षीय बालकको ज्यान गयो

Share:
Bhairahawa Online
बैतडीको डिलासैनीमा करेन्ट लाग्दा १३ वर्षीय बालकको ज्यान गयो

बैतडी — बैतडी जिल्लाको डिलासैनी गाउँपालिका–३ स्थित गिरीबगरमा करेन्ट लागेर एक १३ वर्षीय बालकको मृत्यु भएको छ।

स्थानीय डिन्नीगाड खोलामा बालुवा संकलन गरिरहेको बेला बिजुलीको पोलमा छोइँदा करेन्ट लागेको प्रहरीले जनाएको छ। घटनामा किरण कोली गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि गोकुलेश्वर अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार बालकको शव हाल गोकुलेश्वर अस्पतालमा राखिएको छ। घटनाको विस्तृत विवरण र अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

स्थानियवासीहरूका अनुसार खोलामा निर्माण सामाग्री संकलन गर्ने क्रममा असावधानीबस बिजुलीको पोलमा छुन पुगेपछि दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ। यस घटनाले डिलासैनी क्षेत्रमा गहिरो दुःख र चिन्ता पैदा गरेको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News