आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक

काठमाडौँ – नेपाल राष्ट्र बैंकले भदौ २० का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ।
बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ७४ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३४ पैसा कायम भएको छ।
त्यसैगरी,
युरो: खरिददर १६३.८७, बिक्रीदर १६४.५७
पाउण्ड: खरिददर १८९.०८, बिक्रीदर १८९.८९
स्वीस फ्र्याङ्क: खरिददर १७४.६८, बिक्रीदर १७५.४३
अष्ट्रेलियन डलर: खरिददर ९१.७३, बिक्रीदर ९२.१३
क्यानाडियन डलर: खरिददर १०१.८०, बिक्रीदर १०२.२४
सिङ्गापुर डलर: खरिददर १०९.१५, बिक्रीदर १०९.६१
एशियाली मुद्रातर्फ जापानी येन १० को खरिददर ९.४९ र बिक्रीदर ९.५३, चिनियाँ युआन १९.७१ र १९.७९, भारतीय रुपैयाँ १०० को खरिददर १६० र बिक्रीदर १६०.१५ तोकिएको छ।
यस्तै, खाडी मुलुकका मुद्रामा कुवेती दिनार ४६०.२२ खरिददर र ४६२.१८ बिक्रीदर, बहराइन दिनार ३७३.३१ खरिददर र ३७४.९० बिक्रीदर कायम भएको छ।
राष्ट्र बैंकले आवश्यक परेमा विनिमयदर कुनै पनि बेला संशोधन गर्न सकिने जनाएको छ भने अद्यावधिक दर आफ्नो वेबसाइटमा उपलब्ध हुने जानकारी दिएको छ।