Bhairahawa Online Logo
News

वडाध्यक्ष लोकबहादुर शाहीको बाटोमै निधन

Share:
Bhairahawa Online
वडाध्यक्ष लोकबहादुर शाहीको बाटोमै निधन

सुर्खेत - वीरेन्द्रनगर नगरपालिका–५ का वडाध्यक्ष लोकबहादुर शाहीको निधन भएको छ। फोक्सोमा क्यान्सर र निमोनियाबाट पीडित शाहीको मंगलबार उपचारपछि काठमाडौँबाट सुर्खेत फर्किने क्रममा बाटोमै मृत्यु भएको हो।

वीर अस्पताल काठमाडौँमा उपचार गराएर एम्बुलेन्समार्फत घर फर्किंदै गर्दा भेरीगंगा नगरपालिकाको हर्रे पुग्दा उनको निधन भएको हो। विगत एक वर्षदेखि फोक्सोको क्यान्सरबाट पीडित शाही निमोनियाले थप ग्रसित थिए।

उनको दाहसंस्कार भोलि बुधबार बिहान ९ बजे भेरी नदी किनारमा गरिने बताइएको छ। नेकपा एमालेबाट २०७९ को स्थानीय तह निर्वाचनमा वडाध्यक्ष निर्वाचित शाहीको निधनले अपूरणीय क्षति भएको नेकपा एमाले सुर्खेतले जनाएको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News