Bhairahawa Online Logo
News

जाजरकोटमा एम्बुलेन्स खस्दा चालकको घटनास्थलमै मृत्यु

Share:
Bhairahawa Online
जाजरकोटमा एम्बुलेन्स खस्दा चालकको घटनास्थलमै मृत्यु

सुर्खेत — जाजरकोटको भेरी नगरपालिका–१ कोलचौर नजिकै आज बिहान एक एम्बुलेन्स भीषण दुर्घटनामा परेर चालकको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार भे १ च २२४७ नम्बरको एम्बुलेन्स उकालो चढ्ने क्रममा भित्तामा ठोक्किएर करिब २०० मिटर तल कल्ले खोलामा खसेको थियो। दुर्घटनामा भेरी नगरपालिका–१ डौंरीकाँडाका २७ वर्षीय चालक सुनिल चुनाराको घटनास्थलमै मृत्यु भएको हो।

एम्बुलेन्स भेरी नगरपालिका–१ डौंरीकाँडाबाट बिरामी लिन गइरहेको बेला दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिराम डाँगीले बताए। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको छ।सुर्खेत — जाजरकोटको भेरी नगरपालिका–१ कोलचौर नजिकै आज बिहान एक एम्बुलेन्स भीषण दुर्घटनामा परेर चालकको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार भे १ च २२४७ नम्बरको एम्बुलेन्स उकालो चढ्ने क्रममा भित्तामा ठोक्किएर करिब २०० मिटर तल कल्ले खोलामा खसेको थियो। दुर्घटनामा भेरी नगरपालिका–१ डौंरीकाँडाका २७ वर्षीय चालक सुनिल चुनाराको घटनास्थलमै मृत्यु भएको हो।

एम्बुलेन्स भेरी नगरपालिका–१ डौंरीकाँडाबाट बिरामी लिन गइरहेको बेला दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिराम डाँगीले बताए। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News