Bhairahawa Online Logo
News

भैरहवामा मानव बेचबिखनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न

Share:
Bhairahawa Online
भैरहवामा मानव बेचबिखनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न

भैरहवा, १७ असार २०८२

मानव बेचबिखनविरुद्ध चेतना फैलाउने उद्देश्यले भैरहवास्थित श्री बहुउद्देश्यीय सामुदायिक सभा हल (सिनपा–३) मा मंगलबार एक सचेतना कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रम जिल्ला प्रहरी कार्यालय रूपन्देही, आफन्त नेपाल, र माइती नेपालको सहकार्यमा आयोजित थियो। संचालन भने भैरहवा बहुमुखी क्याम्पसको समाजशास्त्र विभागले समुदाय केन्द्रित पहलस्वरूप गरेको थियो।

कार्यक्रमको सभापतित्व विमला पोखरेलले गरिन् भने प्रमुख अतिथिका रूपमा क्याम्पस प्रमुख लक्की प्रसाद जोशी उपस्थित थिए।

उक्त कार्यक्रममा मानव बेचबिखनको जोखिम, कारण, परिणाम, र रोकथामका उपायहरूबारे व्यापक छलफल गरियो। प्रमुख अतिथि जोशीले यस्ता कार्यक्रमहरूले समाजमा चेतना फैलाउने र जोखिम न्यूनीकरणमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

सभापति पोखरेलले भने,

“मानव बेचबिखनविरुद्ध लड्न सामुदायिक सहभागिता अत्यन्तै आवश्यक छ। पीडितहरूको संरक्षण र पुनर्स्थापनामा समाजको सहकार्य अनिवार्य छ।”

प्रहरी, माइती नेपाल र आफन्त नेपालका प्रतिनिधिहरूले बेचबिखन रोक्न गरिरहेका प्रयास र भोग्नुपरेका चुनौतीहरूबारे आफ्ना अनुभव साझा गरे।

कार्यक्रममा स्थानीय समुदायका प्रतिनिधि, विद्यार्थी, सामाजिक कार्यकर्ता, र सरोकारवाला निकायहरूको उल्लेखनीय उपस्थिति थियो।

आयोजकहरूका अनुसार, यस कार्यक्रमले समुदायमा मानव बेचबिखनसम्बन्धी चेतना फैलाउने र पीडितप्रति सहयोगी भावना विकास गराउने सन्देश प्रवाह गर्न सफल भएको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News