Bhairahawa Online Logo
News

आज राति देशका विभिन्न भागमा वर्षा, केही क्षेत्रमा भारी पानी पर्न सक्ने

Share:
Bhairahawa Online
आज राति देशका विभिन्न भागमा वर्षा, केही क्षेत्रमा भारी पानी पर्न सक्ने

काठमाडौँ, भदौ २ — आज राति देशका धेरै भागमा मौसम बदली रहने र केही ठाउँमा भारी वर्षा पर्न सक्ने पूर्वानुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाले दिएको विवरणअनुसार कोशी, मधेश, बागमती र कर्णाली प्रदेशमा सामान्यतया बादल छाउनेछ भने बाँकी प्रदेशका पहाडी भूभागमा पनि यस्तै अवस्था रहनेछ। अन्य भूभागमा आंशिक बदली मात्र हुने अपेक्षा गरिएको छ।

महाशाखाका अनुसार मधेश प्रदेश र कोशी प्रदेशका तराई तथा पहाडी भूभागमा, साथै देशका अन्य पहाडी क्षेत्रमा छिटफुट रूपमा मध्यम वर्षा हुन सक्छ। तर कोशी प्रदेशको तराई क्षेत्र, बागमती र गण्डकीका पहाडी भूभागमा भने केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको बताइएको छ।

भोलि पनि देशभर सामान्यतया बादल लाग्ने अनुमान छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा मध्यम वर्षा हुन सक्ने देखिएको छ। साथै, कोशी, बागमती, लुम्बिनी र कर्णालीका पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News