Bhairahawa Online Logo
Social

लुम्बिनीका ६ जिल्लामा बर्का अट्वारी पर्वमा सार्वजनिक बिदा

Share:
Bhairahawa Online
लुम्बिनीका ६ जिल्लामा बर्का अट्वारी पर्वमा सार्वजनिक बिदा

बुटवल – लुम्बिनी प्रदेश सरकारले थारू समुदायको प्रमुख पर्व बर्का अट्वारीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

बिदा दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासी गरी थारू समुदायको बाक्लो बसोबास रहेका ६ जिल्लामा लागू हुने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।

अट्वारी पर्वमा थारू पुरुषहरूले उपवास बस्दै सूर्यको पूजा गर्ने प्रचलन रहिआएको छ। सूर्यलाई उज्यालो र जीवनशक्तिको प्रतीक मानिने भएकाले यस पर्वमा निराहार व्रत बसेर सूर्यदेवलाई अर्पण गर्ने परम्परा रहेको छ।

पौराणिक विश्वासअनुसार भीमको पूजा गर्ने चलन पनि यस पर्वसँग जोडिएको छ। कुशे औंसीपछिको पहिलो आइतबार मनाइने यो पर्व थारू समुदायले विशेष महत्वका साथ मनाउने गर्छन्।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News