Bhairahawa Online Logo
News

उदयपुरमा ट्रकको ठक्करबाट ७२ वर्षीय पैदलयात्रीको ज्यान गयो

Share:
Bhairahawa Online
 उदयपुरमा ट्रकको ठक्करबाट ७२ वर्षीय पैदलयात्रीको ज्यान गयो
Photo Credit: Canva Stock Image

उदयपुर — उदयपुरगढी गाउँपालिका–७ जोगिटोलमा सोमबार साँझ ट्रकको ठक्करबाट एक वृद्ध पैदलयात्रीको ज्यान गएको छ।

मदन भण्डारी लोकमार्गअन्तर्गत नेपालटार–गाईघाट खण्डमा काठमाडौंबाट सुनसरीतर्फ जाँदै गरेको ट्रक (प्रदेश ३–०१–००६ ख ०५६१) ले ठक्कर दिँदा रौतामाई गाउँपालिका–७ का ७२ वर्षीय टंक बहादुर लामिछाने मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

दुर्घटनामा ट्रकका सहचालक दोलखा कालिन्चोक गाउँपालिका–४ का ४० वर्षीय गोमे दर्जी घाइते भएका छन्। उनको दाहिने खुट्टामा चोट लागेको र जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनापछि ट्रक चालक बनेपा नगरपालिका–१४, काभ्रेका ५४ वर्षीय नवराज राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News