Bhairahawa Online Logo
News

ईपीएस भाषा परीक्षाका लागि साउन २६ देखि आवेदन खुला

Share:
Bhairahawa Online
ईपीएस भाषा परीक्षाका लागि साउन २६ देखि आवेदन खुला

काठमाडौं — दक्षिण कोरियामा रोजगारीका लागि आवश्यक ईपीएस (Employment Permit System) भाषा परीक्षाका लागि आवेदन साउन २६ गतेदेखि खुला हुने भएको छ।

कोरियाको मानव संसाधन विकास सेवाले आइतबार आफ्नो वेबसाइटमार्फत आवेदन प्रक्रिया साउन २६ गतेदेखि सुरु हुने जानकारी दिएको हो। आवेदन दिने म्याद साउन ३१ गतेसम्म तोकिएको छ।

हालसम्म कुन क्षेत्रका लागि आवेदन खुल्ने र कोटा कति रहने भन्ने विवरण सार्वजनिक गरिएको छैन। ईपीएस कोरिया शाखाले यसबारे जानकारी दिने तयारी गरिरहेको छ।

नेपाल र दक्षिण कोरियाबीच सन् २००७ मा श्रम समझदारी (MOU) भएको हो। त्यसपछि सन् २००८ बाट कोरियाली रोजगारका लागि नेपाली कामदार पठाउन थालिएको थियो।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News