Bhairahawa Online Logo
Social

रुपन्देही–३ उपनिर्वाचन : रास्वपाले आज प्रारम्भिक उम्मेदवारको नामावली प्रकाशन गर्ने

Share:
Bhairahawa Online
रुपन्देही–३ उपनिर्वाचन : रास्वपाले आज प्रारम्भिक उम्मेदवारको नामावली प्रकाशन गर्ने

काठमाडौँ — आगामी कार्तिक १७ गते हुने रुपन्देही–३ उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ।

आइतबार पार्टीले उम्मेदवार बन्न इच्छुक ९ जनासँग छलफल सम्पन्न गरेको र आज प्रारम्भिक नामावली सार्वजनिक गर्ने जनाएको छ।

रास्वपाले साउन ७ देखि २१ गतेसम्म उम्मेदवारी आवेदन खुला गरेको थियो। इच्छुकहरूले २५ हजार दस्तुर तिरेर केन्द्रीय निर्वाचन आयोगमा आवेदन दिएका थिए।

उम्मेदवारी दिएका ९ जनामध्ये छन्:

सुलभ खरेल (बुटवल–१६)

पार्थिवेन्द्र उपाध्याय (सिद्धार्थनगर–७)

डा. लेखजंग थापा (सिद्धार्थनगर–९)

ज्ञानु पौड्याल (सिद्धार्थनगर–८)

जीतबहादुर गुप्ता (सिद्धार्थनगर–१)

कुसुम महर्जन (मध्यपुर ठिमी–६, भक्तपुर)

रचना क्षेत्री (सिद्धार्थनगर–३)

पुनमकुमारी अग्रवाल (सिद्धार्थनगर–८)

मधुप्रसाद अर्याल (बुटवल–१७, रुपन्देही)

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News