Bhairahawa Online Logo
Social

संखुवासभामा ४.४ म्याग्निच्यूडको भूकम्प

Share:
Bhairahawa Online
संखुवासभामा ४.४ म्याग्निच्यूडको भूकम्प

रुपन्देही — संखुवासभा जिल्लाको मघाङलाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति ११:१५ बजे ४.४ म्याग्निच्यूडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पूर्वी नेपालका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो।

तर अहिलेसम्म कुनै मानवीय तथा भौतिक क्षतिको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ।

विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि नेपालमा साना–ठूला भूकम्पका धक्का निरन्तर महसुस भइरहेका छन्।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News