Bhairahawa Online Logo
News

भिजिट भिसामा जाने यात्रुलाई अध्यागमनले रोक्ने छैन, शंकास्पद कागजात भेटिए प्रहरीलाई जिम्मा

Share:
Bhairahawa Online
भिजिट भिसामा जाने यात्रुलाई अध्यागमनले रोक्ने छैन, शंकास्पद कागजात भेटिए प्रहरीलाई जिम्मा

काठमाडौं — विदेश भ्रमणका लागि भिजिट भिसा लिने यात्रुहरुलाई अब अध्यागमनले सामान्य कारण देखाएर रोक्न नपाउने भएको छ। तर, नक्कली वा शंकास्पद कागजात देखिए यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्ने व्यवस्था लागू गर्न लागिएको छ।

अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार, विगतमा अध्यागमनले आफैं फिर्ता पठाउने प्रचलन थियो, तर नयाँ व्यवस्था अनुसार शंकास्पद व्यक्तिलाई प्रहरीमार्फत कारबाही गरिनेछ। उनले भने, “सक्कली भिसा र कागजात भएकालाई कुनै पनि बहानामा रोकिँदैन।”

विभागले सरोकारवाला निकायसँग छलफल गरेर हाल प्रचलनमा रहेका मापदण्ड परिमार्जन गर्ने तयारी गरेको छ। भिजिट भिसामा ठगी र मानव तस्करी बढ्दै गएको गुनासो आएपछि यो कदम चालिएको हो।

प्रवक्ता टिकाराम ढकालका अनुसार केही एजेन्ट र बिचौलियाले यात्रुलाई प्रलोभनमा पारेर बैंक स्टेटमेन्ट, टिकट, डलर साटेको प्रमाणजस्ता कागजात नक्कली बनाएर विदेश पठाउने गरेका छन्। यस्तै प्रकरणमा आन्तरिक छानबिन भइरहेको छ।

त्रिभुवन विमानस्थलका प्रमुख अध्यागमन अधिकृत नरहरी घिमिरेले भिजिट भिसामा घुम्न जाने वास्तविक यात्रु रोकिएका छैनन् भन्दै, समस्या प्रायः एजेन्टले तयार गरिदिएका कागजातमा हुने गरेको बताए।

सरकारले यसअघि भिजिट भिसा यात्रुका लागि ६ बुँदे मापदण्ड ल्याएको थियो। जसअनुसार दुईतर्फी टिकट, ५०० अमेरिकी डलर बराबरको नगद प्रमाण, होटल बुकिङ, कम्तीमा ६ महिना वैध राहदानी, प्रवेशाज्ञा लगायतका कागजात आवश्यक हुन्छन्। खाडी मुलुकमा भ्रमण गर्दा भने अतिरिक्त स्वघोषणापत्र समेत पेश गर्नुपर्ने हुन्छ।

यसअघि सार्वजनिक भएको ठगी प्रकरणमा केही कर्मचारी र बिचौलियामाथि छानबिन भइरहेको छ। विभागले भिजिट भिसामा हुने दुरुपयोग रोक्न आगामी दिनमा कडाइ गर्ने तयारी गरेको जनाएको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News