Bhairahawa Online Logo
News

कैलालीमा युवतीको चक्कु प्रहारबाट हत्या, अभियुक्त पक्राउ

Share:
Bhairahawa Online
कैलालीमा युवतीको चक्कु प्रहारबाट हत्या, अभियुक्त पक्राउ

कैलाली — कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा एक युवतीको चक्कु प्रहारबाट हत्या भएको घटनामा एकजना व्यक्ति पक्राउ परेका छन्।

१७ वर्षीया याचना सेजवालको हत्या अभियोगमा ३३ वर्षीय निरज साउदलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ परेका साउद सोही गाउँपालिकाको वडा नं. १ स्थित बौनियामा रहेको राजधानी सेकुवा एण्ड मम सेन्टर होटलमा काम गर्दै आएका थिए।

प्रहरीका अनुसार याचनालाई गम्भीर अवस्थामा निसर्ग अस्पताल धनगढीमा उपचारका लागि पुर्‍याइएको थियो। तर, उपचारकै क्रममा उनको ज्यान गएको हो। घटनापछि इलाका प्रहरी कार्यालय सडकपुर र सुक्खडबाट खटिएको टोलीले अनुसन्धान गर्दै साउदलाई शनिबार बिहान पक्राउ गरेको हो।

हाल घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस घटनाले स्थानीय बासिन्दामा आक्रोश र डर फैलिएको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News