एमबापेको गोलसँगै फ्रान्सको विजयी सुरुवात

काठमाडौं – फ्रान्सले युरोपेली विश्वकप छनोटमा शानदार सुरुवात गरेको छ। शनिबार भएको समूह ‘डी’ को खेलमा फ्रान्सले युक्रेनलाई २–० ले पराजित गर्यो।
खेलको पहिलो गोल मिचेल ओलिसले गरेका थिए भने ८३औं मिनेटमा किलियन एमबापेले दोस्रो गोल जोड्दै जित सुनिश्चित गरे। उक्त गोलसँगै एमबापेले फ्रान्सका लागि थिएरी हेनरीको ५३ गोलको कीर्तिमान बराबरी गरेका छन्। फ्रान्सका लागि सर्वाधिक गोल ओलिभर गिरोडको नाममा छ।
यसै समूहमा आइसल्यान्डले अजरबैजानलाई ५–० ले हरायो। अन्य खेलहरूमा समूह ‘सी’ मा ग्रिसले बेलारुसलाई ५–१ ले पराजित गर्दा डेनमार्क र स्टक्ल्यान्डको खेल गोलरहित बराबरीमा टुंगियो। समूह ‘बी’ मा स्विट्जरल्यान्डले कोसोभोमाथि ४–० को सहज जित हात पार्यो भने स्लोभेनिया र स्विडेनबीचको खेल २–२ को बराबरीमा सम्पन्न भयो।