Bhairahawa Online Logo
Entertainment

गंगा सोनाम नेपाल आइडल सिजन–६ की विजेता घोषित

Share:
Bhairahawa Online
गंगा सोनाम नेपाल आइडल सिजन–६ की विजेता घोषित

काठमाडौं — लोकप्रिय रियालिटी शो नेपाल आइडल सिजन–६ को विजेता उपाधि गंगा सोनामले जितेकी छन्। राजधानीमा सम्पन्न भव्य ग्रान्ड फिनालेमा पाँच प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारेकी हुन्।

विजेता सोनामलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ट्रफी प्रदान गरे। कार्यक्रममा उनको उत्कृष्ट प्रस्तुतिको प्रशंसा गरिएको थियो।

यस सिजनमा बबिता थापा मगर फर्स्ट रनरअप बनेकी छन् भने दर्शना गन्धारी सेकेन्ड रनरअप घोषित भएकी छन्।

गंगा सोनामको निरन्तर मेहनत, गायनमा देखिएको परिपक्वता र दर्शकप्रतिको प्रभावले उनलाई विजयी बनाउन निर्णायक भूमिका खेलेको प्रतियोगिता आयोजकहरूको भनाइ छ। नेपाल आइडललाई नयाँ प्रतिभा पहिचान गराउने राष्ट्रिय मञ्च मानिने भएकाले यो विजयसहित उनको संगीत यात्रामा नयाँ उचाइ थपिने अपेक्षा गरिएको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News