Social
मनकामना केबलकार दशैंमा ३ दिन बन्द
Bhairahawa Online

भैरहवा, १२ असोज । दशैंको मुख्य दिनहरूमा मनकामना केबलकार सेवा तीन दिनका लागि बन्द हुने भएको छ।
मनकामना केबलकार प्रालिका अनुसार यस वर्षको महानवमी (असोज १५), विजया दशमी (असोज १६) र एकादशी (असोज १७) मा सेवा सञ्चालन नहुनेछ। कम्पनीले यात्रुहरूको सुविधालाई ध्यानमा राख्दै असोज १८ गते शनिबारदेखि पुनः नियमित सेवा सुचारु गर्ने जनाएको छ।
दशैंका कारण भीडभाड हुने समय भएकाले यात्रुहरूले आफ्नो यात्रा तालिका मिलाउँदा सहज हुने कम्पनीको भनाइ छ।