Bhairahawa Online Logo
Politics

प्रतिनिधिसभा पुनर्स्थापनाको माग : एमाले र कांग्रेस अदालत जाने तयारीमा

Share:
Bhairahawa Online
प्रतिनिधिसभा पुनर्स्थापनाको माग : एमाले र कांग्रेस अदालत जाने तयारीमा

काठमाडौं — प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालत जाने तयारी गर्दै नेपाली कांग्रेस र नेकपा (एमाले) आन्तरिक छलफलमा जुटेका छन्। दुई प्रमुख दलहरूले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै यो कदम चाल्न लागेका हुन्।

एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमको अनुसार दलहरूबीच अदालत जाने विषयमा छलफल चलिरहेको छ। उनले भने, "कांग्रेस र एमालेबीच सर्वोच्च अदालतमा जानका लागि छलफल भइरहेको छ। यो स्वभाविक पनि हो। दुई दलबीच छलफल गरेर सहमतिका आधारमा अगाडि बढ्छौं।"

यसअघि आठ दलले संयुक्त रूपमा प्रतिनिधिसभा विघटन फिर्ता लिन र तत्काल संसदको बैठक बोलाउन माग गरेका थिए। उनीहरूको विचारमा विघटनको निर्णय संविधानको धारा ७६ को उपधारा (७) र सर्वोच्च अदालतको नजीर विपरित रहेको छ।

अदालत जाने मोडेल र समयको विषयमा छलफल जारी रहेको छ। एमालेको सचिवालय बैठकले पनि प्रतिनिधिसभा विघटन अदालतबाट परीक्षण हुनुपर्ने संकेत गरेको थियो। कांग्रेसले पनि यसलाई 'असंवैधानिक, स्वेच्छाचारी र संविधानमाथिको धोका' भनेर खण्डन गरेको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News