Politics
ओलीलाई रुघा, बैठक आजका लागि सारियो
Bhairahawa Online

काठमाडौँ। नेकपा (एमाले) को हिजो बस्ने तयारी भएको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओली बिरामी परेपछि स्थगित गरिएको छ। पार्टी कार्यालय सचिव डा. भिष्म अधिकारीले अध्यक्ष ओलीलाई रुघा लागेकाले बैठक आज बिहान ११ बजे सारिएको जानकारी दिएका छन्।
यसअघि शुक्रबार बसेको सचिवालय बैठकमा पार्टी पुनर्गठन, संसद् पुनर्स्थापना र निर्वाचन जस्ता महत्वपूर्ण विषयहरूमा छलफल भएको थियो। बैठकले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको पनि सविस्तार समीक्षा गरेको थियो।
स्थगित बैठकले असोज २९ देखि ३१ गतेसम्मका लागि बोलाइएको केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने छ। अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाको हालसम्म कुनै सार्वजनिक विवरण दिइएको छैन।