Bhairahawa Online Logo
Politics

वीर अस्पतालका लेखा अधिकृत घुस लिनेको अवस्थामा अख्तियारको नियन्त्रणमा

Share:
Bhairahawa Online
वीर अस्पतालका लेखा अधिकृत घुस लिनेको अवस्थामा अख्तियारको नियन्त्रणमा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहाललाई घुस लिनेको अवस्थामा नियन्त्रणमा लिएको छ। आयोगले दाहालबाट एक लाख बीस हजार आठ सय पचास रुपैयाँ घुसको रकमसहित नियन्त्रणमा लिएको हो।

अख्तियार आयोगका अनुसार दाहालको साथबाट उक्त रकमसँगै मोबाइल डिभाइस, एक थान र अन्य सम्बन्धित कागजात पनि नियन्त्रणमा लिइएको छ। आयोगले विभिन्न सप्लायर्स कम्पनी र ठेकेदारहरूलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिलको रकम भुक्तानी गर्दा घुस वापतको रकम लिई कार्यकक्षभित्र लुकाएर राखेको सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिइएको जनाएको छ।

यसअघि पनि विभिन्न सरकारी कार्यालयहरूमा घुस लिने र दिनेको अवस्थामा अख्तियार आयोगले कर्मचारीहरूलाई नियन्त्रणमा लिँदै आएको छ। यस घटनाले सरकारी कार्यालयहरूमा चलिरहेको भ्रष्टाचारप्रति पुनः चासो बटुलिएको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News