Social
मनोज सिलवालले सम्हाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी , हितेन्द्रदेव हटाइए
Bhairahawa Online

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा अब मनोज सिलवालले नेतृत्व गर्ने भएका छन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउने निर्णय गरेको हो।
त्यसैगरी, हालसम्म उक्त पदमा रहेका हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणी पदमा नियुक्त गरिएको छ। शाक्य चैत ११ गते मात्रै कार्यकारी निर्देशक बनेका थिए।
यस निर्णयसँगै प्राधिकरणमा नेतृत्व फेरिएको छ भने शाक्यलाई ऊर्जासम्बन्धी नयाँ जिम्मेवारी दिइएको छ।