Bhairahawa Online Logo
Social

नख्खु कारागारबाट भागेका कैदीले आफ्नी पत्नीको हत्या

Share:
Bhairahawa Online
नख्खु कारागारबाट भागेका कैदीले आफ्नी पत्नीको हत्या

काठमाडौं – जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार भएका एक कैदीले आफ्नै श्रीमतीको हत्या गरेका छन्।

पनौती नगरपालिका–१२, कलाँतीस्थित घरको करेसामा गाडिएको अवस्थामा ३२ वर्षीया जमुना तामाङको शव भेटिएको प्रहरीले जनाएको छ। उनी तीन दिनदेखि सम्पर्कविहीन भएपछि परिवारजनले खोजी गर्दा शव फेला परेको हो।

डीएसपी मिन घलेका अनुसार श्रीमतीको हत्या गरेर गाड्ने काम सन्तबहादुर तामाङले गरेका हुन्। हाल उनी फरार रहेको र प्रहरीले खोजी तीव्र पारेको छ।

सन्तबहादुर जर्बजस्तीकरणी उद्योगमा तीन वर्षको कैद सजाय काटिरहेका थिए। सजाय पूरा हुन एक महिना मात्र बाँकी हुँदा उनी २४ गते नख्खु कारागारबाट भागेर घर आएका थिए।

स्थानीयका अनुसार केही दिनदेखि दम्पतीबीच विवाद हुँदै आएको थियो। हत्यापछि तामाङ फरार भएका छन्। मृतकका ११ वर्षे छोरा र ३ वर्षीया छोरी छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News