Bhairahawa Online Logo
News

गृहमन्त्री लेखकको चेतावनी: "गठबन्धनको विकल्प खोज्दा कांग्रेसलाई घाटा हुन सक्छ"

Share:
Bhairahawa Online
गृहमन्त्री लेखकको चेतावनी: "गठबन्धनको विकल्प खोज्दा कांग्रेसलाई घाटा हुन सक्छ"

काठमाडौं, १७ असार २०८२

गृहमन्त्री रमेश लेखकले सत्तारूढ गठबन्धनलाई निरन्तरता दिनु नै नेपाली कांग्रेसको हितमा पर्ने बताएका छन्।

मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले अन्य दलहरूलाई समेटेर हालको गठबन्धनलाई अझ सशक्त बनाउँदै लैजानुपर्नेमा जोड दिए। उनले वैकल्पिक सत्ता समीकरणको खोजीले पार्टीलाई लक्ष्यभन्दा टाढा पुर्‍याउने खतरा रहेको बताए।

"गठबन्धनलाई प्रभावकारी रूपमा अघि बढाउँदै कांग्रेसको हितमा काम गर्न सकिन्छ," उनले बैठकमा भने, "अन्य दलहरूसँग समन्वय गरेर सरकारलाई निरन्तरता दिनु उपयुक्त विकल्प हो। विकल्प खोज्न थाल्यौं भने गन्तव्य गुमाउने खतरा छ।"

गृहमन्त्री लेखकले सरकार सञ्चालनका परम्परा, अभ्यास र साझा उत्तरदायित्वलाई प्रयोग गर्दै अघि बढ्नुपर्ने पनि स्पष्ट पारे।

"सरकारमा बसेका धेरै साथीहरूले प्रयास गरिरहेका छन्। जो सरकारमा छैनन्, उनीहरूले पनि परिस्थिति बुझ्नु भएको छ," गृहमन्त्री लेखकले बैठकमा धारणा राख्दै भने।

उनको भनाइमा, सत्ताको संयोजनलाई बलियो बनाउँदै कांग्रेसले वर्तमान राजनीतिक अवस्थाबाट नै लाभ उठाउन सक्ने स्थिति निर्माण गर्नुपर्ने छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News