Bhairahawa Online Logo
Social

आजको मौसम : मध्यमदेखि भारी वर्षाको संभावना, सतर्क रहन विभागको आग्रह

Share:
Bhairahawa Online
आजको मौसम : मध्यमदेखि भारी वर्षाको संभावना, सतर्क रहन विभागको आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायु कमजोर रहेको र स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। यसका कारण पहाडी भू–भागमा सामान्य बदली र तराईसहित अन्य क्षेत्रमा आंशिक बदली भएको छ।

महाशाखाले दिएको जानकारीअनुसार कोशी र बागमती प्रदेशका पहाडी भू–भागमा केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशका अधिकांश पहाडी भागमा सामान्य बदली रहने र कोशी, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा मध्यम वर्षा हुने सम्भावना छ।

त्यसैगरी, कोशी र बागमती प्रदेशका पहाडी भू–भागका केही स्थानमा आज भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। राति भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा मध्यम वर्षा र देशका अन्य भू–भागका केही ठाउँमा पनि वर्षा हुने अपेक्षा गरिएको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News