Social
विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउने निर्णय
Bhairahawa Online

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले डेडिकेटेड र ट्रंकलाइनका उपभोक्ताबाट बक्यौता उठाउने निर्णय गरेको छ।
शुक्रबार बसेको समितिको बैठकमा गरिएको निर्णयअनुसार लामो समयदेखि थकित रकम असुल गर्ने प्रक्रिया अघि बढाइनेछ। यसअघि ऊर्जा मन्त्रीमा कुलमान घिसिङ नियुक्त भएपछि पनि बक्यौता उठाउने विषय प्राथमिकतामा राखिएको थियो।
प्राधिकरण सञ्चालक समितिको अध्यक्ष ऊर्जा मन्त्री स्वयं रहने प्रावधान छ। समितिले लिएको यो निर्णय कार्यान्वयनमा आएपछि प्राधिकरणलाई थकित राजस्व संकलनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।