Bhairahawa Online Logo
Social

आज देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना

Share:
Bhairahawa Online
आज देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसम सामान्यतया बदली रहने जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रहरूमा मध्यम वर्षा हुने संभावना रहेको छ भने केही स्थानमा भारी वर्षा समेत हुन सक्ने चेतावनी दिइएको छ।

त्यस्तै, आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित अन्य पहाडी भागमा आकाश मढिएको रहन सक्ने महाशाखाले जनाएको छ। मध्यम वर्षा यी प्रदेशका केही क्षेत्रमा पर्ने देखिएको छ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ।

महाशाखाले विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा तराई भूभागमा वर्षा तीव्र हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News