Bhairahawa Online Logo
Finance

सेयर बजारमा ठूलो उछाल, ९ अर्बभन्दा बढीको कारोबार

Share:
Bhairahawa Online
सेयर बजारमा ठूलो उछाल, ९ अर्बभन्दा बढीको कारोबार

काठमाडौं – नेप्से परिसूचक आज १११.७० अंकले वृद्धि भई २६२३ अंकमा पुगेको छ। आज ३२९ कम्पनीका २ करोड ३२ लाख कित्ता सेयर खरिद–बिक्री भई कुल कारोबार ९ अर्ब १७ करोड रुपैयाँभन्दा बढी भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।

सेक्टरगत सूचकमा निर्जीवन बीमा बाहेक सबै क्षेत्रमा वृद्धि भएको छ। व्यापार समूह ८.६६ प्रतिशतले उछालिँदा, लगानी ७.६८, विकास बैंक ६.०७, हाइड्रोपावर ५.८३, जीवन बीमा ५.६६, फाइनान्स ५.५४, उत्पादन तथा प्रशोधन ४.८५, बैंकिङ ४.५२, माइक्रोफाइनान्स ३.६९, होटल तथा पर्यटन २.३३ र अन्य १.५३ प्रतिशतले बढेका छन्। निर्जीवन बीमा भने ४.०२ प्रतिशतले घटेको छ।

आज शिवम् सिमेन्ट, जोशी हाइड्रोपावर, सिन्धु विकास बैंक, भूगोल इनर्जी, गुडविल फाइनान्स, अपी पावर, आँखुखोला जलविद्युत्, बलेफी हाइड्रोपावर र हिमाल दोलखा हाइड्रोपावरसहित ९ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ।

कारोबार रकमका हिसाबले नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट र हिमालयन डिस्टिलरी अग्रपंक्तिमा रहेका छन्।

जेनजी आन्दोलनका कारण करिब आठ दिनसम्म बन्द भएको बजार गत बिहीबार खुलेको दिन १६० अंकले ओरालो लागेको थियो भने आज पुनः उल्लेख्य उछाल आएको हो।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News