आजको विदेशी मुद्राको विनिमय दर सार्वजनिक

भैरहवा – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर घोषणा गरेको छ।
नवीन दर अनुसार अमेरिकी डलर एकको खरिद मूल्य १४० रुपैयाँ ९५ पैसा र बिक्री मूल्य १४१ रुपैयाँ ५५ पैसा तोकिएको छ। त्यस्तै, युरो एकको खरिद दर १६५ रुपैयाँ ३० पैसा र बिक्री दर १६६ रुपैयाँ कायम गरिएको छ।
युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर १९१ रुपैयाँ ०५ पैसा र बिक्री दर १९१ रुपैयाँ ८६ पैसा छ भने, स्वीस फ्रयाङ्क एकको खरिद दर १७६ रुपैयाँ ९३ पैसा र बिक्री दर १७७ रुपैयाँ ६८ पैसा तोकिएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ९३ रुपैयाँ ६८ पैसा र बिक्री दर ९४ रुपैयाँ ०७ पैसा, क्यानाडियन डलर एकको खरिद दर १०१ रुपैयाँ ८६ पैसा र बिक्री दर १०२ रुपैयाँ २९ पैसा तोकिएको छ।
जापानी येन १० को खरिद दर ९ रुपैयाँ ५४ पैसा र बिक्री दर ९ रुपैयाँ ५८ पैसा, चिनियाँ युआन एकको खरिद दर १९ रुपैयाँ ७९ पैसा र बिक्री दर १९ रुपैयाँ ८८ पैसा रहेको छ।
त्यस्तै, साउदी रियाल एकको खरिद दर ३७ रुपैयाँ ५७ पैसा र बिक्री दर ३७ रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिद दर ३८ रुपैयाँ ६७ पैसा र बिक्री दर ३८ रुपैयाँ ८३ पैसा तोकिएको छ।
अन्य मुद्रामा थाइ भाट, युएई दिराम, मलेसियन रिङ्गेट, कोरियन वन, स्वीडिस क्रोनर, डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको समेत नयाँ दर निर्धारण गरिएको छ।
भारतीय रुपैयाँ १०० को विनिमय दर १६० रुपैयाँ खरिद र १६० रुपैयाँ १५ पैसा बिक्री कायम गरिएको छ।