Bhairahawa Online Logo
Politics

जाँच आयोगको स्पष्टीकरण : फौजदारी कसूरमा प्रतिवेदनको आवश्यकता छैन

Share:
Bhairahawa Online
जाँच आयोगको स्पष्टीकरण : फौजदारी कसूरमा प्रतिवेदनको आवश्यकता छैन
pic :Wikipidea

काठमाडौं — भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले फौजदारी कसूरमा संलग्न व्यक्तिहरू विरुद्ध अनुसन्धान र कारबाही गर्न प्रतिवेदनको कुरा नलाग्ने स्पष्ट पारेको छ। आयोगका सदस्य विज्ञान राज शर्माले जारी गरेको विज्ञप्तिमा यस सम्बन्धमा स्पष्टीकरण दिइएको छ।

गृह मन्त्रालयले गत असोज ९ गते जारी गरेको विज्ञप्तिप्रति ध्यान आकर्षित गर्दै आयोगले यो स्पष्टीकरण दिएको हो। यसले जेनजी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमाथि तोडफोड र आगजनी गर्नेहरू विरुद्ध अनुसन्धान गर्ने बाटो खुल्ला रहेको देखाएको छ।

गृह मन्त्रालयले आयोग बनेको भन्दै पक्राउ परेका व्यक्तिहरूलाई छोड्न दबाब दिएको थियो। आयोगको कार्यक्षेत्रमा रहने विषयहरूमा सरकारका नियमित संयन्त्रबाट तत्काल कारबाही अगाडि नबढाउने गृह मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको थियो।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News