Bhairahawa Online Logo
Finance

कार्यकारी निर्देशक मनोज सिलवाल : “डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउने निर्णय लागू हुन्छ”

Share:
Bhairahawa Online
कार्यकारी निर्देशक मनोज सिलवाल : “डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउने निर्णय लागू हुन्छ”

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले ऊर्जा मन्त्रालयले गरिसकेको डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता उठाउने निर्णयलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मंगलबार पदभार ग्रहण गर्दै उनले, “पहिले नै भएको निर्णयलाई विस्तृत अध्ययन गरी पुनरावलोकन गरेर अघि बढ्छौं। आन्तरिक संरचनामा सुधार ल्याउँदै दीर्घकालीन योजना अनुसार प्राधिकरणलाई अघि बढाइनेछ,” भने।

उनले २४ घण्टा विद्युत् आपूर्ति सुनिश्चित गर्न विशेष ध्यान दिने उल्लेख गर्दै, जस्तोसुकै चुनौती आए पनि समाधान गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे। सिलवालका अनुसार प्राधिकरणमा लामो समय नेतृत्व गरेका व्यक्ति हाल ऊर्जामन्त्री भएकाले सहकार्यमा सहजता हुने अपेक्षा गरिएको छ।

“राजनीतिक नियुक्तिको अर्थ म बुझ्छु। तर प्राधिकरणमा रहँदासम्म सुधारको काम गरेरमात्र बिदा लिन्छु,” उनले स्पष्ट पारे।

अन्तरिम सरकारले हितेन्द्रदेव शाक्यलाई पदबाट हटाई सिलवाललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News