Bhairahawa Online Logo
Politics

नेपाललाई हरेक सहयोग गर्न तयार छौं : भारतीय प्रधानमन्त्री मोदी

Share:
Bhairahawa Online
नेपाललाई हरेक सहयोग गर्न तयार छौं : भारतीय प्रधानमन्त्री मोदी

काठमाडौं — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भएको प्राकृतिक प्रकोपपछि देशलाई आवश्यक पर्ने हरेक किसिमको सहयोग गर्न तयार रहेको जनाएका छन्।

भारी वर्षा, बाढी र पहिरोले गर्दा नेपालमा भएको जनधन क्षतिमा गहिरो दुःख व्यक्त गर्दै उनले सामाजिक सञ्जालमार्फत नेपाली जनता र सरकारसँग आफ्नो एकात्मता जनाएका हुन्।

प्रधानमन्त्री मोदीले भनेका छन्, "नेपालमा भारी वर्षाका कारण भएको जनधनको क्षति पीडादायी छ। हामी यस कठिन समयमा नेपालका जनता र सरकारको साथमा छौं। एक मैत्रीपूर्ण छिमेकी र पहिलो प्रतिक्रियाकर्ताको रूपमा, भारत आवश्यक पर्ने कुनै पनि सहयोग प्रदान गर्न प्रतिबद्ध छ।"

नेपालमा भारी वर्षाको कारण हालसम्म ४४ जनाको मृत्यु भएको छ भने देशभरि सडक सञ्जाल र अन्य पूर्वाधारहरूमा पनि ठूलो क्षति पुगेको छ। तराई क्षेत्रका धेरै जिल्लाहरू डुबानमा परेका छन् र सयौं मानिसहरू विस्थापित भएका छन्।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News