Social
दसैं अवधिभर पेट्रोलियम पदार्थ वितरणका लागि यी स्थानका डिपोहरू सञ्चालनमा रहनेछन्
Bhairahawa Online

काठमाडौं — नेपाल आयल निगमले दशैंका सार्वजनिक बिदामा समेत पेट्रोलियम पदार्थको बिक्री वितरण अवरुद्ध नहुने स्पष्ट पारेको छ।
निगमले आइतबार सार्वजनिक सूचना जारी गर्दै उपभोक्तालाई सहज आपूर्ति सुनिश्चित गर्न सार्वजनिक बिदामा पनि पेट्रोलियम पदार्थ वितरणको व्यवस्था मिलाइएको जनाएको हो।
यस व्यवस्था अन्तर्गत देशभरका १३ डिपो खुला रहनेछन्। निगमका अनुसार यी डिपोमार्फत पेट्रोल, डिजेल, मट्टितेल तथा अन्य पेट्रोलियम पदार्थको नियमित आपूर्ति हुने छ।
निगमले उपभोक्तालाई बिदाको समयमा समेत ढुक्कसँग सेवा लिन सकिने भन्दै सबै डिपो र खुद्रा विक्रेताहरूसँग सहकार्य गरी आपूर्ति अवरोध नहुने प्रतिबद्धता जनाएको छ।
