Bhairahawa Online Logo
World

एच–१बी भिसामा अब १ लाख डलर अतिरिक्त शुल्क, ट्रम्पको कार्यकारी आदेश

Share:
Bhairahawa Online
एच–१बी भिसामा अब १ लाख डलर अतिरिक्त शुल्क, ट्रम्पको कार्यकारी आदेश

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीपयुक्त विदेशी कामदारका लागि प्रयोग हुने एच–१बी भिसा कार्यक्रममा ठूलो शुल्क थप्ने नयाँ आदेशमा हस्ताक्षर गरेका छन्। नयाँ नियम अनुसार आवेदन दिने कम्पनीहरूले अब वार्षिक १ लाख डलर तिर्नुपर्नेछ, जुन नियम आगामी सेप्टेम्बर २१ बाट लागू हुनेछ।

यसअघि करिब १,५०० डलरमा सीमित रहेको शुल्क एकदमै बढाइएकाले साना कम्पनी र स्टार्टअपहरू प्रभावित हुने चेतावनी विज्ञहरूले दिएका छन्। तर, ट्रम्प प्रशासनले भने यस कदमले अमेरिकी नागरिकको रोजगारी सुरक्षित हुने दाबी गरेको छ।

आदेशअनुसार यदि कम्पनीहरूले तोकिएको शुल्क तिर्न नसके तिनलाई प्रतिबन्ध लगाइने उल्लेख छ। नयाँ शुल्क पाँच वर्षसम्म निरन्तर लागु हुनेछ।

अमेरिकी नागरिकता तथा आप्रवासन सेवाका तथ्याङ्कअनुसार अमेजन, माइक्रोसफ्ट, मेटा र टाटा कन्सल्टेन्सी सर्भिसेसजस्ता ठूला कम्पनीहरूले हरेक वर्ष हजारौं संख्यामा एच–१बी भिसा प्राप्त गर्दै आएका छन्।

ट्रम्पले यसलाई आप्रवासन नियन्त्रण गर्ने अभियानको अर्को कदमका रूपमा व्याख्या गर्दै प्राविधिक कम्पनीहरू यसबाट दीर्घकालीन फाइदा लिने दाबी गरेका छन्।

---

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News