Bhairahawa Online Logo
World

संयुक्त राष्ट्र संघ : युवाहरूको मागलाई शान्तिपूर्ण संवादबाट सम्बोधन गर्नुपर्ने

Share:
Bhairahawa Online
संयुक्त राष्ट्र संघ : युवाहरूको मागलाई शान्तिपूर्ण संवादबाट सम्बोधन गर्नुपर्ने

भैरहवा । संयुक्त राष्ट्र संघीय मानव अधिकार आयोगले नेपालमा जेनजी आन्दोलनका क्रममा भएको मृत्युप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। सोमबार भएको प्रदर्शनमा अनावश्यक बल प्रयोग भएको भन्दै आयोगले चिन्ता व्यक्त गरेको हो।

आयोगकी प्रवक्ता रविना समदसानीले भिडियो सन्देशमार्फत युवाहरूको मागलाई संवाद र शान्तिपूर्ण माध्यमबाट सम्बोधन गर्न आग्रह गरिन्। उनले प्राप्त भएका धेरै इमेल सन्देशको आधारमा युवाहरूले उठाएका आवाजलाई सुन्नुपर्ने र समस्याको समाधान अन्तर्राष्ट्रिय मान्य आधारभूत सिद्धान्तअनुसार गर्नुपर्ने बताइन्।

जेनजी पुस्ताले सोमबार भ्रष्टाचार नियन्त्रणसहितका माग राख्दै काठमाडौंसहित मुलुकका विभिन्न शहरमा प्रदर्शन गरेका थिए। सो क्रममा १७ भन्दा बढीको ज्यान गएको र धेरै घाइते भएको पुष्टि भएको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News