World
नेपालको ताजा घटनाक्रमबारे चीनको प्रतिक्रिया : आन्तरिक मामिला समाधान गर्न नेपाल सक्षम
Bhairahawa Online

भैरहवा — हालै नेपालमा देखिएको राजनीतिक तथा सामाजिक परिस्थितिबारे चीनले आफ्नो आधिकारिक प्रतिक्रिया जनाएको छ।
बेइजिङमा बुधबार आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नेपाल आफ्ना आन्तरिक चुनौतीहरू आफैं सम्हाल्न सक्षम रहेको विश्वास व्यक्त गरे। उनले सामाजिक व्यवस्था र स्थिरता क्रमशः पुनर्स्थापना हुने अपेक्षा पनि प्रकट गरे।
जियानका अनुसार हालका प्रदर्शनपछि चिनियाँ नागरिक र संस्थाको सुरक्षाका लागि परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित दूतावासले आपतकालीन कन्सुलर सुरक्षा संयन्त्र सक्रिय गरेको छ।