Social
गोरखामा ९ फरार कैदी पक्राउ
Bhairahawa Online

गोरखा– जेनजी आन्दोलनको अव्यवस्थित अवस्थालाई प्रयोग गरी फरार भएका ९ जना कैदी गोरखामा पक्राउ परेका छन्।
प्रहरी निरीक्षक सरोज कार्कीका अनुसार कास्की कारागारबाट भागेका ६ जना, केन्द्रीय कारागारबाट भागेका २ जना र तनहुँ कारागारबाट भागेका १ जना कैदीलाई पक्राउ गरिएको हो।
पक्राउ परेकामध्ये पाँच जना कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका थिए भने तीन जना जबरजस्ती करणी र एक जना चोरी मुद्दामा संलग्न रहेको प्रहरीको भनाइ छ।
आन्दोलनको समयमा फरार भएका अन्य कैदी पनि गोरखा क्षेत्रमा लुकेर बसेको हुनसक्ने अनुमान गर्दै प्रहरीको निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।