News
राष्ट्रपति पौडेल : तोकिएको चुनाव सम्पन्न गरी लोकतन्त्रलाई अझ सबल बनाउन सहयोग गरौं
Bhairahawa Online

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले तोकिएको मितिअनुसार आगामी प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न सबै पक्षसँग सहयोगको अपिल गरेका छन्।
शनिबार वक्तव्य जारी गर्दै उनले कठिन परिस्थिति बीच देशले शान्तिपूर्ण निकास पाएको बताउँदै अब संविधान र संसदीय प्रणाली सुरक्षित भएको स्पष्ट पारे।
राष्ट्रपतिले भने, “संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र संघीय लोकतान्त्रिक गणतन्त्र कायम छ। अब ६ महिनाभित्र निर्वाचन सम्पन्न गरी लोकतन्त्रलाई अझ मजबुत बनाउने अवसर हामीसँग छ।”
उनले आगामी फागुन २१ गते हुने निर्वाचनमा सम्पूर्ण राजनीतिक दल, सरोकारवाला निकाय र जनतालाई सक्रिय योगदान दिन आह्वान गरेका छन्।