Bhairahawa Online Logo
News

नवलपरासीमा तोडफोड र आगजनीको क्षति विवरण संकलन गर्न समिति गठन

Share:
Bhairahawa Online
नवलपरासीमा तोडफोड र आगजनीको क्षति विवरण संकलन गर्न समिति गठन

परासी – हालै नवलपरासीमा भएको तोडफोड र आगजनीका घटनाबाट भएको क्षतिको यथार्थ विवरण संकलन गर्न जिल्ला प्रशासन कार्यालयले समिति गठन गरेको छ।

भदौ २४ गते जेनजी समूहले आयोजना गरेको प्रदर्शनका क्रममा झन्डै ५० भन्दा बढी सार्वजनिक सम्पत्ति, निजी घर तथा संस्थागत संरचनामा तोडफोड र आगजनी भएको बताइएको छ। त्यस क्षतिको तथ्यांक संकलन गर्ने जिम्मेवारी सहायक प्रमुख जिल्ला अधिकारी पोषन राज भण्डारीको संयोजकत्वमा बनेको १३ सदस्यीय समितिलाई दिइएको छ।

समितिमा जिल्ला प्रहरी, सरकारी वकिल कार्यालय, कोष तथा लेखा नियन्त्रक, सडक पूर्वाधार कार्यालयका प्रतिनिधि साथै सातै स्थानीय तहका अधिकृतस्तरका कर्मचारी तथा प्राविधिकहरू सहभागी छन्।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार समितिलाई छिटोभन्दा छिटो प्रतिवेदन तयार पार्न निर्देशन दिइएको छ। उनले भने, “हामीले दुई–तीन दिनभित्र विवरण संकलन गर्न भनेका छौं, आवश्यक परे थप दुई–चार दिन समय दिन सकिन्छ।”

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News