Bhairahawa Online Logo
News

धरान भाटभटेनीमा चार जनाको जलेको शव फेला

Share:
Bhairahawa Online
धरान भाटभटेनीमा चार जनाको जलेको शव फेला

भैरहवा – सुनसरीको धरानस्थित भाटभटेनी सुपरमार्केटमा भएको आगलागी र लुटपाट प्रकरणमा संलग्न चार जनाको जलेको शव भेटिएको छ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक जीवन कुवरका अनुसार ती व्यक्तिहरू आगजनी तथा चोरीका लागि सुपरमार्केटभित्र प्रवेश गरेका थिए। तर पेट्रोल खन्याएर लगाइएको आगो अचानक तीव्र गतिमा फैलिँदा उनीहरू भित्रै अड्किएर जलेका हुन्।

शुक्रबार बिहान दोस्रो तलामा एक जनाको जलेको शव भेटिएको थियो भने दिउँसो चौथो तलामा थप तीन जनाको शव फेला परेको वडा प्रहरी कार्यालय धरानका प्रमुख रुद्रबहादुर खड्काले जानकारी दिए।

हालसम्म मृतकहरूको पहिचान खुलेको छैन। प्रहरीले घटनास्थलको मुचुल्का संकलन गर्दै थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्राथमिक अनुमान अनुसार आगलागीका कारण करोडौँ मूल्य बराबरका सामान नष्ट भएका छन् भने लाखौँको चोरी भएको आशंका गरिएको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News