Bhairahawa Online Logo
News

रुपन्देहीमा क्षतिको विवरण आउन अझै केही दिन लाग्ने

Share:
Bhairahawa Online
रुपन्देहीमा क्षतिको विवरण आउन अझै केही दिन लाग्ने

बुटवल – जेन–जी आन्दोलनका क्रममा भएको आगलागीका कारण रुपन्देही जिल्लाभर भएको क्षतिको विवरण संकलन कार्य अझै केही दिन लम्बिने भएको छ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेका अनुसार जिल्लाभरका सरकारी कार्यालय र संरचनामा ठूलो क्षति भएकोले तथ्यांक संकलनमा ढिलाइ भइरहेको हो। उनले भने, “क्षतिको विवरण संकलन भइरहेको छ। सम्पूर्ण विवरण तयार पार्न अझै तीनदेखि चार दिन लाग्ने देखिन्छ।”

आगलागीका कारण भैरहवा र बुटवलसहितका विभिन्न सरकारी कार्यालय जलेर नष्ट भएका छन्। साथै प्रमुख राजनीतिक दल एमाले, कांग्रेस, माओवादी र राष्ट्रिय जनता आन्दोलन पार्टीका कार्यालयहरू समेत जलेका छन्।

यसैबीच, बुटवल र भैरहवामा रहेका भाटभटेनी सुपरमार्केटका जलेका भवनको मर्मत कार्य सुरु गरिएको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News