Bhairahawa Online Logo
News

जेन–जी आन्दोलनमा बल प्रयोगबारे सरकारप्रति चौतर्फी आलोचना

Share:
Bhairahawa Online
जेन–जी आन्दोलनमा बल प्रयोगबारे सरकारप्रति चौतर्फी आलोचना

काठमाडौँ – जेन–जीको प्रदर्शनमा सरकारले गरेको अत्यधिक बल प्रयोगबारे मानवअधिकार आयोग, कानुन व्यवसायी, पत्रकार र विभिन्न संघ–संस्थाले कडा आलोचना र भर्त्सना गरेका छन्।

राष्ट्रिय मानवअधिकार आयोगले प्रहरीद्वारा लाठीचार्ज, अश्रुग्यास र गोली प्रहार गरिएको घटनालाई दुःखद भन्दै निष्पक्ष छानबिन, मृतक परिवारलाई राहत र घाइतेलाई निःशुल्क उपचारको माग गरेको छ।

नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बारले नागरिकको ज्यान लिन राज्यलाई अधिकार नभएको उल्लेख गर्दै जिम्मेवारहरूमाथि कारबाही गर्न आग्रह गरेका छन्। पत्रकार महासंघले पनि गोली लागेर चार पत्रकार घाइते भएको भन्दै दमनकारी नीति तत्काल फिर्ता लिन चेतावनी दिएको छ।

डिजिटल अधिकारकर्मी र मानवअधिकार समाजलगायत संस्थाहरूले प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्म जिम्मेवारी लिँदै पदत्याग गर्नुपर्ने माग राखेका छन्। उनीहरूले युवा आन्दोलनलाई बलपूर्वक दमन गर्नु लोकतान्त्रिक मूल्यविरुद्ध भएको टिप्पणी गरेका छन्।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News