Bhairahawa Online Logo
News

रवि लामिछानेको भनाइ — "गृहसचिवको आदेशकै आधारमा बाहिर आएको हुँ"

Share:
Bhairahawa Online
रवि लामिछानेको भनाइ — "गृहसचिवको आदेशकै आधारमा बाहिर आएको हुँ"

काठमाडौं — सहकारी ठगी मुद्दामा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफू कानुनी प्रक्रियाअनुसार मात्र कारागारबाट बाहिर आएको दाबी गरेका छन्।

मंगलबार राति सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको भिडियो सन्देशमा उनले गृहसचिवस्तरीय निर्णयपछि मात्रै रिहा गरिएको बताए। "म कानुनको दायराभित्र रहन चाहन्छु। आज म निस्किन खोजेको होइन, सुरक्षा कारण देखाउँदै प्रशासनले बाहिर निकालेको हो," उनले भने।

लामिछानेले आफूले कुनै राजनीतिक पदको आशा नराखेको र कानुनी प्रक्रिया सहज बनाउन सदैव तयार रहेको स्पष्ट पारे। "आवश्यक परे फेरि कारागार जान म तयार छु," उनले जोड दिए।

उनले भने, अब बन्ने सरकार युवापुस्ताको चाहनाअनुसार हुनुपर्नेछ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News