Bhairahawa Online Logo
News

विपक्षी दलहरूको बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग

Share:
Bhairahawa Online
विपक्षी दलहरूको बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग

काठमाडौं — माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सिंहदरबारस्थित संसदीय दल कार्यालयमा विपक्षी दलहरूको बैठक सम्पन्न भएको छ।

बैठकमा सहभागी नेताहरूले जेन–जी आन्दोलनका क्रममा भएको दमनप्रति कडा आपत्ति जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओली तत्काल पदत्याग गर्नुपर्ने माग गरेका छन्। विपक्षी दलहरूले सरकारको कार्यशैलीले लोकतान्त्रिक मूल्यविपरीत काम गरेको आरोप लगाउँदै संसद् र सडक दुवै माध्यमबाट दबाब दिने चेतावनीसमेत दिएका छन्।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News