News
राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जना सेनाको फन्दामा
Bhairahawa Online

काठमाडौं — बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाट प्रकरणमा संलग्न पाँच जनालाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ।
मंगलबार राति भएको कारबाहीमा ती व्यक्तिहरूलाई पक्राउ गरिएको हो। प्रारम्भिक जानकारी अनुसार हालको अस्थिर परिस्थितिको अनुचित फाइदा उठाउँदै उनीहरूले बैंकमा लुटपाटको प्रयास गरेका थिए।
सुरक्षा निकायले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ भने पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।